नेपाल न्युज प्वाइन्ट डटकम
गौशाला २६ को पहिचान खुलाउनेविरुद्ध उजुरी, साइबर ब्युरोद्वारा छानबिन शुरु

काठमाडौं : सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि पीडित गौशाला २६ को तस्बिर तथा नाम सार्वजनिक गर्नेहरुविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान शुरु गरेको छ । पहिचान खुलाउनेविरूद्ध उजुरी परेपछि ब्युरोले अनुसन्धान शुरु गरेको हो ।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने फैसला सुनाएको थियो । त्यसपछि सामाजिक सञ्जालमा गौशाला २६ का तस्बिरहरु सार्वजनिक भएका थिए । 

साइबर ब्युरोमा दुईवटा कसुरमा अनुसन्धानको माग गर्दै ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै उजुरी परेको छ ।

यसअघि गौशाला २६ को पहिचान खुलाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवश सापकोटालाई पार्टीले निलम्बन गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update