महालेखा परीक्षकमा तोयम राया सिफारिस

काठमाडौं : महालेखा परीक्षकमा सचिव तोयम राया सिफारिस भएका छन् । आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको हो ।
राया अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको जिम्मेवारीमा रहेका छन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।
महालेखा परीक्षक संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० ११:२५
प्रतिक्रिया दिनुहोस्