नेपाल न्युज प्वाइन्ट डटकम
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं : सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच भएको वार्तामा सहमति भएको हो ।

स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच मंगलबार साँझ छलफल भएको हो ।

सहमति अनुसार संघले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघले सोमबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update