
काठमाडौं : चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।
तीनजना प्रहरी, चारजना चिनियाँ कामदारसहित १८ जना बेपत्ता भएका र नौजनाको उद्धार गरिएको उनले बताए । उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।
बाढीले रसुवागढीको मितेरी पुल र दर्जनौँ गाडी बगाएको छ । भीषण वर्षासँगैको बाढी र पहिरोका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको छ । ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने जानकारी आएको छ । क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
यसबीच, जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन्। उपल्लो क्षेत्रमा अति भारी वर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव उच्च हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।