नेपाल न्युज प्वाइन्ट डटकम
अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो : पूर्वराजा शाह

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार निर्मल निवासमा आफ्नो ८० औं जन्मदिनको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वराजा शाहले अहिले बाढी, पहिरोको  समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह गरे । पानीजन्य रोगहरुबाट बच्न पनि आग्रह गरे । पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै उनले नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र मात्रै नेपालको माया जाग्ने बताए।

उनले भने, ‘अहिले वर्षाको समय हो । बाढी पहिरोको जोखिम छ । पानीजन्य विमारीहरु पनि हुन्छन् । सबै दाजुभाई, दिदिबहिनीहरु शतर्क रहनुस् । विचार गरेर बस्नुस्, मेरो आग्रह छ । यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामी भित्र हुनुपर्छ । अनि हामी नेपाली हुन्छौँ ।’

पूर्वराजा शाहले जन्मदिनको अवसरमा पूर्वराजा शाहलाई निर्मल निवासमा शुभकामना दिनेहरुको भीड देख्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update