नेपाल न्युज प्वाइन्ट डटकम
भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौँ : भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार जनाको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

हत्यापछि राई आफैँले गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर  घटनाको जानकारी दिएका थिए । लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो ।

त्यसपछि तत्काल अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास नेतृत्वको टोली परिचालित भएको थियो ।

अभियुक्त राईलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । उनले करिब एक वर्ष अघि प्रेम विवाह गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update