नेपाल न्युज प्वाइन्ट डटकम
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

काठमाडौं : गत जेठ १५ देखि असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अवधिमा पहिरोका ८७  घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल, ७ वटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट दुई करोड २१ लाख बराबरको क्षति भएको छ । 

यसैगरी, बाढीका ६४ घटनामा ४ जनाको मृत्यु भएको तथा ४ जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ ।

चट्याङका ८२ वटा घटनामा ८ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा १ जनाको मृत्यु भएको तथा ३ जना घाइते भएका छन् ।  विपद्का घटनामा २६ करोडको आर्थिक क्षति भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update