नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

तोलामा ५ सय रुपैयाँ बढेको आज १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ ।

दश रुपैयाँले बढेर तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य २ हजार १५० रुपैयाँमा कायम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update