नेपाल न्युज प्वाइन्ट डटकम
घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ९४ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५० रुपैयाँले घटेर दुई हजार १५० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update