नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा एक लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २५ रुपैयाँले घटेर दुई हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update