नेपाल न्युज प्वाइन्ट डटकम
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

एजेन्सी : भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परेको छ ।

दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगिसकेका छन् । अहमदाबादको दमकल विभागले घटनाको पुष्टि गरेको छ ।

अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले घटनाबारे जानकारी दिँदै विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएपछि जाँचका लागि सम्पूर्ण टोली घटनास्थलतर्फ गएको बताएका छन् ।

हालसम्म प्राप्त तस्बिरहरूमा विमानमा आगो लागिरहेको र बाक्लो धुवाँ निस्किरहेको देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update