नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभई समान मूल्यमा कारोबार भएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update