नेपाल न्युज प्वाइन्ट डटकम
बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

काठमाडौंः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अध्यादेशका मार्फतबाट कानुनहरु संशोधन गर्दा पनि सरकारले आर्थिक सुधारको अन्तिम किस्ता अध्यादेश नभएको बताइएको र बजेट पनि अर्थतन्त्र सुधारको अन्तिम किस्ता नरहेको जिकिर गरे । उनले आर्थिक सुधारको अर्को चरणको रुपमा बजेट आएको उल्लेख गरे । 

अर्थमन्त्री पौडेलले सुधारको श्रृंखलाको अन्तिम कडी बजेट नभएको बताउँदै सुधारका अरु आवश्यक कदमहरु चाल्दै जाने बताए । 

नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा नबढेसम्म, उत्पादन उत्पादकत्व वृद्धि नभएसम्म, देशभित्र रोजगारी सिर्जना हुने र हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना नभएसम्म र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण नभएसम्म एवं नागरिकलाई सुखी जीवनको प्रत्याभुति दिन नसकेसम्म सुधारको श्रृंखला जारी रहने जिकिर गरे ।

उपप्रधानमन्त्री पौडेलले बजेटसँग निजी क्षेत्रहरुले उत्साहका साथ प्रतिक्रिया दिएको बताउँदै त्यसप्रति सम्मान व्यक्त गरे । उनले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग र सुझाव दिन आग्रह गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update