नेपाल न्युज प्वाइन्ट डटकम
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं : सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई बुधबार ८ वर्ष कैदको सजाय तोकेको हो ।

साथै अदालतले उनलाई तीन लाख रुपैयाँ जरिवाना तोकेको छ भने दुई लाख रुपैयाँ क्षतिपूर्ति तोकेको छ । 

यसअघि न्यायाधीश ढकालकै इजलासले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update