नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको  मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ४५ निर्धारण भएको छ । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update