नेपाल न्युज प्वाइन्ट डटकम
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार

काठमाडौं : सरकारले कर्मचारीको तलब नबढाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब नबढाइएको जानकारी दिए ।

‍त्यसको साटो महँगी भत्ता भने ५ हजार पुर्‍याइने अर्थमन्त्री पौडेलले बताए ।

यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो । तर स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री पौडेलले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update