नेपाल न्युज प्वाइन्ट डटकम
मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

काठमाडौं : मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरेको हो ।

अब संघीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update