नेपाल न्युज प्वाइन्ट डटकम
१४ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । 

तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला  १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय  रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यका कायम भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update