नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार भने सुन प्रतितोला एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला २ हजार पाँच रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी एक हजार २५ रुपैयाँमा कायम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update