नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ ।

५ हजार रुपैयाँले बढेर आज प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य एक हजार ९ सय ९० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update