नेपाल न्युज प्वाइन्ट डटकम
गभर्नरमा विश्व पौडेलसहित ३ जनाको नाम सिफारिस

काठमाडौं : गभर्नर सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिको बैठकले ३ जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले अर्थविद् डा. विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुने पहिलो नम्बरमा पौडेल रहेका छन् ।

दोस्रो नम्बरमा राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराईको नाम छ । मन्त्रिपरिषद्को आजै बस्ने बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update