नेपाल न्युज प्वाइन्ट डटकम
गभर्नर सिफारिस समितिको बैठक बोलाइयो

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन् ।

अर्थमन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि सिफारिस समितिको बैठक बोलाएका हुन् ।

समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र पोषनाथ पाण्डे सदस्य छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update