सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
तोलामा ६ सय रुपैयाँ घटेर आज प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार भने प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।आज प्रतितोला १ हजार ९सय ४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ ११:४१
प्रतिक्रिया दिनुहोस्