नेपाल न्युज प्वाइन्ट डटकम
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

आज सुन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेर एक लाख ८१ हजार आठ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलाको एक लाख ८५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५ रुपैयाँले घटेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update