भारत र पाकिस्तानबीच युद्धविरामको सहमति

काठमाडौं : पाकिस्तान र भारतबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका अधिकारीले युद्धविरामको सहमति भएको जानकारी दिए ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताए ।
दारले एक्समा लेखेका छन्, “पाकिस्तान र भारत पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।”
यता, भारतका विदेश सचिव विक्रम मिश्रीले पनि युद्धविराम भएको बताए । उनले पत्रकार सम्मेलनमार्फत दुई देशबीच युद्धविरामको सहमत भएको जानकारी दिए । मिश्रीले भने, “जमिन, आकाशमा युद्धविराम भयो।”
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२ १८:४०
प्रतिक्रिया दिनुहोस्