जापानमा भूकम्पमा परी कम्तीमा ३० जनाको मृत्यु

काठमाडौं : जापानमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । इशिकावा तटीय क्षेत्रका अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ ।
ज्यान गुमाएकाहरू सबै जापानको उत्तर पश्चिममा पर्ने इशिकावा तटीय क्षेत्रका हुन् । उक्त स्थान सोमवार गएको ७.६ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।
जापानका प्रधानमन्त्री फुमियो किसिदाले उक्त भूकम्पले व्यापक क्षति गराएको र कैयौँ हताहत बनाएको बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारकार्य जारी रहेको जापानका प्रधानमन्त्रीले जनाएका छन् ।
उक्त कार्यका लागि जापानको सुरक्षा फौज अर्थात् देशको सेना सरहको एसडीएफका करिब १ हजार सदस्य खटिएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८० १२:२९
प्रतिक्रिया दिनुहोस्