नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । 

सोमबार प्रतितोला रु एक लाख ८४ हजार ६०० मा किनबेच भएको सुन आज बढेर रु एक लाख ८९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update