नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

प्रतितोलामा छ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update