नेपाल न्युज प्वाइन्ट डटकम
'आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिबद्ध'

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार सरकारको तर्फबाट संसद भवनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो बताएका हुन् ।

सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्युनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखि साझा संकल्पका साथ सुशासन, प्रवर्द्धन गर्न र तीव्र आर्थिक विकास हाँसिल गर्न कटिबद्ध रहेको बताए ।

समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी, संविधान र व्यवस्थाप्रति अफवाह फैल्याइ अराजकता सिर्जना गर्ने पक्षविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गदै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरुको रक्षा गर्न सरकार दृढ रहेको बताए ।

राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरुप लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा पूरा गर्न नेपाल सरकारले जोड दिएको बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update