रामबहादुर बम्जन पक्राउ

काठमाडौं : आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
बम्जनविरुद्ध आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरी परेको थियो । उजुरी परेपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए ।
बम्जनलाई अदालतमा उपस्थित हुन भन्दै प्रहरीले उनको घरमा २०७७ सालमा सूचना टाँस गरेको थियो । तर उनी अदालतमा उपस्थित नभइ फरार रहँदै आएका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० १९:२०
प्रतिक्रिया दिनुहोस्