नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य साढे ७ हजारले घट्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । 

आज सुन तोलामा साढे ७ हजार रुपैयाँले घटेर एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर आज १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update