नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

काठमाडौं : राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा चार सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले आयोगको सदस्यमा काठमाडौंकी संगीता सिंह, जुम्लाका कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा जलवायु विज्ञसमेत हुन् ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update