
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले २०८१ सालको पात्रो सार्वजनिक गरेको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पात्रो सर्वजनिक गरेका हुन् ।
सो पात्रोमा विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई तस्बिरको रुपमा प्रयोग गरिएको छ । बैंकले विभिन्न सिजनमा फुल्ने फूल विषयवस्तु राखेर प्रकृतिको महिमाको स्पर्श ल्याउने लक्ष्यले पात्रो सार्वजनिक गरेको जनाएको छ ।
वसन्त ऋतुमा फुल्ने फूलको उज्यालो रंगहरुदेखि शिशिर ऋतुमा फुल्ने फूलहरुको शान्त लालित्यसम्म गरी नव वर्ष २०८१ सुन्दर बनोस् भन्ने परिकल्पना बैंकले गरेको छ ।
समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले फूल विषयवस्तु समावेश गरिएको क्यालेन्डर आगामी वर्षभरी प्रेरणा, आनन्द, माया, स्पन्द र आशाको स्रोत बन्ने छ भन्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा नायब कार्यकारी अधिकृतहरु र व्यवस्थापन कार्यकारी समितिमा रहेका प्रमुखहरुको सहभागिता रहेको थियो ।