नेपाल न्युज प्वाइन्ट डटकम
एकीकृत समाजवादीलाई पनि समेटेर सत्ता गठबन्धनका दलहरुबीच सात बुँदे सहमति

काठमाडौं : सत्ता गठबन्धनका पाँच दलबीच सात बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा  नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सात बुँदे सहमति भएको हो ।

यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच आठ बुँदे लिखित सहमति भएको थियो ।

आज भएको लिखित सहमतिमा राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने मात्रै समावेश छ ।

यसअघिको आठ बुँदे सहमतिपत्रमा राष्ट्रियसभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भन्ने समावेश थियो । त्यो विषय पनि नयाँ सहमतिपत्रमा उल्लेख छैन ।

430302018_928843101892824_4162892386371241333_n-1710225850.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update