नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update