नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीलाई भेटेपछि निर्माण व्यवसायी महासंघको पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका पूर्वघोषित सबै कार्यक्रम स्थगित गरेको छ ।

महासंघको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको थियो । उक्त भेटवार्ता सकारात्मक भएको भन्दै महासंघले आन्दोलनका पूर्वघोषित सबै कार्यक्रम स्थगित गरेको हो ।

सो क्रममा प्रधानमन्त्री ओलीले समस्या समाधानमा कार्यदल गठन गर्न सरोकारवालालाई निर्देशन दिएका थिए ।

निर्माण उद्योगमा देखिएका विद्यमान समस्याहरूका विषयमा छलफल गरी भावी रणनीति तय गर्न महासंघले पुष २७ गते राष्ट्रिय भेला आयोजना गरी १४ बुँदे मागसहित महासंघले आन्दोलका कार्यक्रम घोषणा गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update