नेपाल न्युज प्वाइन्ट डटकम
अर्थतन्त्र कोमामा थियो, आईसीयूमा ल्याएका छौं : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आईसीयूमा ल्याइसकेको भन्दै अब छिट्टै लयमा फर्काउने बताएका छन् ।

काठमाडौंमा बिहीबार नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको भन्दैआफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आईसीयूमा ल्याएको दाबी गरे ।

मन्त्री गुरुङले आईटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताए । उनले आईटी क्षेत्रमा नेपाल पछाडि परेको हुँदा यस वर्षभित्र आइटी क्षेत्रमा एआईको पोलिसीमा काम गर्ने बताए ।

मन्त्री गुरुङले आईटी क्षेत्रको विकासका लागि नलेज पार्क, आइटी पार्क, ए आइ अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए । मन्त्री गुरुङले आईटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरुले काम गर्न नपाएको पनि बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update