नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं : सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रू १५ ले घटेर रू एक हजार आठ सय ५० तोकिएकोे छ । चाँदी अघिल्लो दिन प्रतितोला रू एक हजार आठ सय ६५ मा किनबेच भएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update