सुनको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । निरन्तर बढिरहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो । यस्तै आज बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ ११:५१
प्रतिक्रिया दिनुहोस्