नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ५८ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update