नेपाल न्युज प्वाइन्ट डटकम
तोलामा १३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । १३ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ५७ हजार ९०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । हिजो (बिहीबार) चाँदी प्रतितोला एक हजार ८ सय ८० मा किनबेच भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update