नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं : नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको उपसभापति गुरुङले बताए ।

कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update