
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरमा अवस्थित मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । सडक तथा सार्वजनिक स्थलहरुमा अभिभावक विहीन अवस्थामा कष्टपूर्ण र असुरक्षित जीवन बिताइरहेका मानिसहरुको उद्धार तथा व्यावस्थापन गर्दै आएको संस्था मानवसेवा आश्रमलाई सिटिजन्स बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।
मानवसेवा आश्रममा बिहीबार आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आश्रममा रहेका व्यक्तिहरुको जीविकोपार्जन तथा सहजीकरणको निमित्त उक्त सामग्रीहरु संस्थालाई हस्तान्तरण गरी मानवसेवामा समर्पित हुन पाँउदा हर्षित भएको बताए ।
संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट १७ लाख २६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्ने बताएको छ ।