सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल बर्खास्त

काठमाडौं : सरकारले अमेरिकी स्थायी आवासीय अनुमति पीआर लिएको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरि हिरासतमा समेत लिइसकेको छ । उनीविरुद्ध सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको मुद्दा दायर गर्ने तयारी अख्तियारको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० २०:१६
प्रतिक्रिया दिनुहोस्