नेपाल न्युज प्वाइन्ट डटकम
सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति बनाउने सहमति

काठमाडौं : सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ ‍दल र कांग्रेस नेताहरूबीचको बैठकमा छानबिन समिति बनाउने सहमति भएको हो ।

समितिको कार्यादेश के हुने भन्ने विषयमा भने कुनै निर्णय भएको छैन । संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र दलहरुका प्रतिनिधि संलग्न कार्यदलले काम गर्नेछ ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update