नेपाल न्युज प्वाइन्ट डटकम
पत्रकार विश्वमणि सुवेदी रिहा

काठमाडौं : समाचार कक्षबाटै पक्राउ गरिएका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् । उनी पक्राउ परेको करिब साढे ३ घण्टापछि रिहा भएका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनलगत्तै पत्रकार विश्वमणि सुवेदी रिहा भएका हुन् । 

यता सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकारहरू रिहा भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update