नेपाल न्युज प्वाइन्ट डटकम
पत्रकार विश्वमणि सुवेदी पक्राउ

काठमाडौं : प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको छ । 

आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन खोजेको विषयमा प्रकाशित समाचारबारे सोधपुछ गर्न साइबर ब्युरोको पत्रका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसअघि आजै अर्का पत्रकार शोभराज बराल पनि पक्राउ परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update