नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा निर्वाचन समितिको उपस्थितिमा सभापति गगन थापाले पदाधिकारी र सदस्यहरूलाई शपथ खुवाएका हुन् ।

सभापति थापाले भने भने दसैंको फूलपातीका दिन शपथ लिएका थिए ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट सभापतिसहित २३१ जना केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update