काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि सुरु हुन लागेको हो ।
एनपिएलको लागि सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रतियोगिताको पहिलो खेल आज बेलुकी ५ बजे हुनेछ । यो खेल साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।
करिब एक महिनासम्म चल्ने यो प्रतियोगिताका लागि आयोजक क्यानले व्यापक परिवर्तन ल्याएको छ । क्यानले प्रतियोगिताका सबै खेल हुने त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति गरेको छ भने डीआरएस प्रणाली लागू गरेको छ ।
यसका साथै योपटक सहभागी टोलीहरूले विश्वचर्चित विदेशी खेलाडी भित्र्याएको खेलको रौनक थप बढेको छ ।
प्रतियोगितामा आठ टोली सहभागी छन् ।



