नेपाल न्युज प्वाइन्ट डटकम
चोलेन्द्र प्रकरण : एसएसपी खड्कालाई मानवअधिकार आयोगले बोलायो

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरी हिरासतमा भेट्न नदिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ ।

आइतबार प्रहरी हिरासतमा रहेका राणालाई भेट्न आयोगको टोली टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो । तर, प्रहरीले आयोगको टोलीलाई राणासँग भेट गर्न नदिएको थियो ।

उक्त घटनाबारे जानकारी लिएपछि आयोगले सम्बन्धित प्रहरी अधिकारीलाई बोलाएर सोधपुछ गर्ने निर्णय गरेको हो । आयोगकी सदस्य लीली थापाका अनुसार आयोगको निर्णयअनुसार पत्र पठाएर एसएसपी खड्कालाई बोलाइएको छ ।

पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरीले मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरी टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखेको थियो ।

आयोगको टोली हिरासतमा रहेका राणाको मानवअधिकार अवस्थाबारे जानकारी लिन तथा भेट गर्न पुगे पनि प्रहरीले भेट गर्न नदिएको विषयमा आयोगले चासो देखाएको हो ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update